logo-img

बागमतीसहित चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्बिर

बिहीबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भने मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया