logo-img

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त

युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरामुक्त भएको जनाइएको छ । ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए ।

आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ । पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्रीथोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिए । 

ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ रसोधपुछ जारी राखेको जनाएको छ । स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन् । 
 
यस्तै, घटनापछि गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिकरूपमा प्रेरित भएको टिप्पणी गरेका छन् । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो । 

युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गरेका छन । फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जितेका थिए ।   





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया