logo-img

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, पुग्यो एक लाख ४० हजार

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले हालसम्मकै उच्च कायम भएर नयाँ रेकर्ड बनेको छ । 

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया