logo-img

सभामुख एमालेकाे इसारामा चले : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख एमालेकाे इसारामा चलेको आरोप लगाएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इसारामा चलेर जबर्जस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै उनले एमालेका सांसदहरूले इसारा गर्ने र सभामुखले बैठक अगाडि बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । 

प्रतिपक्षी दल उठेपछि सभामुखले सभा सञ्चालन गरेको आफूले यसअघि कहिल्यै पनि नदेखेको उनले बताए ।
   





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया