logo-img

राष्ट्र संघको अनुमान : यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशत

यो वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशतले हुने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ । भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणहरू परिमार्जन गर्दै राष्ट्र संघले सन् २०२४ मा भारतको अर्थतन्त्रमा लगभग सात प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको छ । 

हिजो (बिहीबार) जारी गरिएको विश्वको आर्थिक स्थिति र सन् २०२४ को मध्यसम्मको सम्भावनामा भनिएको छ, ‘भारतको अर्थतन्त्र सन् २०२४ मा ६.९ प्रतिशत र २०२५ मा ६.६ प्रतिशतले विस्तार हुने छ ।’ मुख्यतया बलियो सार्वजनिक लगानी र लचिलो निजी उपभोगद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वृद्धिमा प्रभाव पार्नेछन् । तर व्यापारिक निर्यात वृद्धि जारी रहने यसले औषधि र रसायनको निर्यात कडा रूपमा विस्तार हुने विश्लेषण गरिएको छ ।

जनवरीमा जारी गरिएको संयुक्त राष्ट्र विश्व आर्थिक स्थिति र सम्भावनाहरूको प्रतिवेदनले बलियो घरेलु माग, उत्पादन र सेवा क्षेत्रहरूमा बलियो वृद्धिको बीचमा भारतको वृद्धि २०२४ मा ६ दशमलव २ प्रतिशतमा पुग्ने अनुमान गरिएको थियो । आर्थिक अवस्थाको पछिल्लो मूल्याङ्कनमा सन् २०२५ को लागि भारतको जिडिपी वृद्धिको जनवरीमा अनुमान ६.६ प्रतिशतमा स्थिर रहेको उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया