logo-img

छानबिन समिति बनाउनुपर्ने मागमा विपक्षी दलहरू भए एकमत

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसका मागमा अरू विपक्षी दलहरूले समेत समर्थन जनाएका छन् । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका हुन् । 

शुक्रबार नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने निर्णय बैठकमा भएको हो । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय पनि गरेका छन् ।

यसैबीच, दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ । बैठकले सहमति जुटाउन भने सकेन । बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान कायमै राखेका हुन् ।  





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया