logo-img

बागमती प्रदेशसभा : चार समिति सभापतिमा मनोनयन दर्ता, क-कसले दिए उम्मेदवारी ?
फाइल तस्बिर

बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि शुक्रबार अपरान्हसम्ममा चारवटा पदमा मनोनयन दर्ता गरिएको छ । 

राजनीतिक दलको सहमतिअनुसार नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङदोर्जे लामा, कृषि, शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकालको मनोनयन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

अर्थ तथा विकास समितिको सभापति पदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता गरेकाले सो पदमा भोलि शनिबार अपरान्ह निर्वाचन हुने सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । 

नेकपा (एमाले)को भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने उम्मेदवारी दर्ता नभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले आज बसेको सर्वदलीय बैठकले निर्विरोध निर्वाचन गर्ने सहमति गरेअनुसार मनोनयन दर्ता भएका बताए । 
 





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया