logo-img

देउवासहित नेताहरूसँग संसद्‌ अवरोध हटाउन छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् । 

प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले  नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार शनिबार बिहान प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ । 

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । 

त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्तावसमेत पारित हुन पाएको छैन । 





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया