logo-img

फिल्म‘दान्भी’को गीत ‘मायाको खानी’सार्वजनिक

असारको ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू नायिका पूजा शर्मा र नवनायक कुन्साङ बोमजोम फिचर्ड छन् । गीत नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको छ ।

गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्द छ । रुपेश तामाङ निर्देशित फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया