logo-img

गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् । गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । 

राष्ट्रपति बाइडेनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यो स्पष्ट छ कि प्लालेस्टिनीहरुले पीडा भोगिरहेका छन् । तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’

यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायता पुगेको पुष्टि गरेको थियो । गाजामा पुगेको सो सहयोग नै पहिलो मानवीय सहायता थियो । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया