logo-img

युद्धग्रस्त गाजापट्टीमा तीन बन्धकको शव फेला

गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरूको शव फेला परेको छ । 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाइँको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो । तीनै जनाको पहिचान समेत खुलेको छ । आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र शनि लुकको शव रहेको पहिचान भएको हो । 

गएको ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा ती जना मारिएका थिए । पछि आतंकवादीहरूले शव गाजामा लगेका थिए । सुरुमा तीनमध्ये दुई जना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो । लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो ।

युद्धका कारण हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले इजरायलले गाजामा जमिनमा आक्रमणलाई तीव्र बनाएको छ । यसैबीच गाजामा फसेका २० अमेरिकी डाक्टरहरुमध्ये १७ जना सुरक्षितरुपमा फर्किएका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया