logo-img

अफगानिस्तानमा आकस्मिक बाढी, ५० जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ । 

‘शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्,’ घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले एक विज्ञप्तिमा भनेका छन् ।  

‘बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ, बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषि योग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्,’ उनले थप भनेका छन् । 

प्रान्तभित्रका  प्रमुख सडकहरू ‘पूर्णरूपमा अवरुद्ध’ भएका थिए । विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया