काठमाडौंको हात्तिसारमा रहेको हब इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको एजुकेशन फेयर भव्यताका साथ सम्पन्न भएको छ । शनिबार हबले आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म एजुकेशन फेयर सञ्चालन गरेको थियो ।
जसमा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएको हब हब इन्टरनेशनल एजुकेशनकी सिइओ सरिता खड्काले जानकारी दिइन् । वैदेशिक शिक्षासम्बन्धी विद्यार्थीका जिज्ञासा मेटाउन एजुकेशन फेयर आयोजना गरिएको र सहभागी विद्यार्थीले विभिन्न देशको शैक्षिक प्रणालीबारे जानकारी लिएको उनले बताइन् ।
‘ग्रान्ड मल्टिडेस्टिनेशन एजुकेशन फेयर–२०२४’ नाम दिइएको उक्त फेयरमा बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, दुबई, भारत र आयरल्यान्डका ३० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधि सहभागी थिए ।
फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकले हबले एजुकेशन फेयरको आयोजना गरेर आफूहरूलाई विभिन्न देशको शैक्षिक प्रणाली, शुल्क, छात्रवृत्तिलगायत विभिन्न विषयमा जानकारी लिने अवसर दिएको भन्दै खुसी व्यक्त गरे । हबका कारण विश्वविद्यालयका पदाधिकारीसँग प्रत्यक्ष भेट्न गर्ने अवसर प्राप्त भएको उनीहरूको भनाइ थियो ।
यस फेयरमा सहभागी विद्यार्थीले सीधै विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग कोर्स, छात्रवृत्ति, शैक्षिक शुल्क, अध्ययनपछिका अवसरलगायत विभिन्न विषयमा पूर्ण जानकारी लिएका छन् ।
आगामी इन्टेकमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई यो शैक्षिक फेयरले फाइदा पुग्ने विश्वास हबले लिएको छ ।
फेयरमा सहभागी विद्यार्थीमध्ये केहीले आयट्ल्स र पिटिईमा शतप्रतिशत छुटको अवसर प्राप्त गरेको हबले जनाएका छ । लक्की ड्रमार्फत विद्यार्थीले उक्त अवसर प्राप्त गरेका हुन् ।
फेयरमा सहभागीमध्ये एक भाग्यशाली विद्यार्थीले स्मार्टफोन प्राप्त गर्ने हबले जनाएको छ । सहभागी विद्यार्थीमध्ये केहीले चलचित्र हेर्नका लागि कुपन र फुड भौचरसमेत प्राप्त गरेका थिए ।
उक्त फेयरको फाइनान्सियल एडभाइजरमा ग्लोबल आइएमई बैंक र आयल्ट्स पाटर्नरमा ब्रिटिस काउन्सिल रहेका थिए ।
हब इन्टरनेशनल एजुकेशनले करिब दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । विद्यार्थीको सहभागिताले आगामी दिनमा पनि एजुकेशन फेयर गर्न थप हौसला मिलेको सिइओ खड्काले बताइन् ।
विदेशबाट उच्च शिक्षा पूरा गर्ने योजना बनाएका विद्यार्थीको चाहना पूरा गर्दै आएको यस संस्थाले विद्यार्थीलाई मध्येनजर गर्दै विभिन्न समयमा यस्ता एजुकेशन फेयरहरूको आयोजना गर्दै आइरहेको छ । विद्यार्थी र शैक्षिक संस्थाबीचको दूरीलाई कम गर्नुका साथै विद्यार्थीलाई सत्यतथ्य जानकारी प्राप्त होस् भन्ने हेतुले हबले यस्ता खालका कार्यक्रम आयोजना गर्ने गरेको छ ।
हब एजुकेशनले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।
शिक्षा मन्त्रालयलबाट स्वीकृतिप्राप्त हब एजुकेशनले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि पूरा गर्दै आएको छ ।
यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारीपाटी (ललितपुर), पोखरा, चितवन बुटवल र भैरहवामा यसका शाखा रहेका छन् ।
यसैगरी अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा यसका शाखा कार्यालय रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।