logo-img

सत्तारुढ तीन दल र कांग्रेसबीच बालुवाटारमा घनीभूत छलफल

सत्तारुढ तीन दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच संसदको गतिअवरोध हटाउनका लागि बालुवाटारमा बैठक बसिरहेको छ । 

जारी छलफलमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी छन् ।

सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी छन् ।

प्रधानमन्त्रीले शनिबार बिहान कांग्रेस नेताहरूसँग र दिउँसो एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र सभामुख देवराज घिमिरेसँग संयुक्त छलफल गरेका थिए । 

कांग्रेससँगको बैठकमा प्रधानमन्त्रीले संसदीय छानबिन समिति गठन गर्न सकारात्मक रहेको बताएको कांग्रेस नेताहरुको प्रतिक्रिया थियो । 



कांग्रेसको अवरोधका कारण केही दिनयता संसद चल्न सकेको छैन । बिहीबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद्मा अवरोध गर्दै आएको छ ।



  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया