logo-img

‘पत्रकारलाई बाहिर राखेर महासंघको निर्वाचन हुँदैन’

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्नबाट कोही पत्रकार वञ्चित हुन नहुने बताएका छन् । 

आज नैकापमा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको बैठक तथा छलफलमा अध्यक्ष लम्सालले मतदानबाट कोही पत्रकार पनि वञ्चित नहुने गरी महासंघले मतदाता नामावली सार्वजनिक गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताए । 

‘सदस्यता शुद्धीकरणको मापदण्डअनुसार नै सदस्यता रद्द गर्ने वा नवीकरण गर्ने काम हुन्छ भन्नेमा म विश्वस्त छु । त्यसैले महासंघले सार्वजनिक गर्ने मतदाता नामावलीमा पत्रकार छुट्दैनन्, छुट्नुहुँदैन,’ अध्यक्ष लम्सालले भने । 

सदस्यताको विषयमा उठिरहेका प्रश्न लिएर महासंघ नेतृत्वसँग छलफल गरिरहेको पनि उनले जानकारी दिए । 

युनियन काठमाडौं शाखा अध्यक्ष महेश गौतमले सदस्यताको विवाद मिलाएर मात्र महासंघले निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए । 

त्यसअवसरमा युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियन ललितपुर शाखा अध्यक्ष केदारनाथ दाहाललगायतको सहभागिता थियो ।





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया