logo-img

पारिश्रमिकमा कुरा नमिल्दा ‘हाउसफुल ५’ बाट बाहिरिए अनिल कपुर

बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङको तयारी भइरहेको छ । फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकार पनि परिवर्तन भभइरहेका छन् । यो मल्टीस्टारर फिल्ममा अक्षय कुमार प्रमुख भूमिकामा छन् ।

फिल्ममा अनिल कपुर पनि प्रमुख हिस्सा थिए । तर, अब भने उनले यो फिल्ममा अभिनय निर्णय लिएका छन् । अनिलले पारिश्रमिकमा असहमति जनाएपछि फिल्म छोड्ने निर्णय लिएका हुन् ।

अनिलले निर्माता साजिद नाडियाडवालासँग आफ्नो पारिश्रमिकमा असहमति जनाउँदै फिल्म छोडेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कास्टिङमा अचानक भएको फेरबदलका कारण निर्माताले अनिलको स्थानमा नाना पाटेकरलाई अभिनय गराउने भएका छन् । 

अनिलले के कति पारिश्रमिक मागेका हुन् भन्ने प्रष्ट खुलेको छैन । फिल्ममा १४ वर्षपछि अभिनेता अर्जुन रामपाल जोडिएका छन् । अर्जुन ‘हाउसफुल’मा प्रमुख हिस्साका रूपमा थिए । ‘हाउसफुल ५’मा अर्जुनको गम्भीर तर रमाइलो किसिमको भूमिका रहेको बताइएको छ ।

‘हाउसफुल’ फ्रेञ्चाइजी भारतमा पाँच भागमा निर्माण भएको पहिलो कमेडी फिल्म बनेको छ । ‘हाउसफुल ५’ एक हाउसफुल युनिभर्स फिल्म हो, जहाँ पछिल्लो भागका सबै चरित्र अलग–अलग स्किलका साथ फिल्ममा देखिँदै छन् ।

‘हाउसफुल ५’को कथा यसपटक एक क्रुजमा आधारित छ ।  





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया