logo-img

अफगानिस्तानमा भीषण वर्षा र बाढी : कम्तीमा ५० जनाको मृत्यु, सयौं घरमा क्षति

अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । यस्तै, दुई हजारभन्दा बढी घर ध्वस्त भएका छन् ।

अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ । वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको बीबीसीले जनाएको छ । 

बाढीका कारण हजारौं जनावर मरेका छन् भने २ हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ । गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।

अविरल वर्षाका कारण अफगानिस्तानमा कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्  ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । 

   
 





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया