logo-img

विधि लम्साल बनिन् ‘मिस नेपाल पिस’

काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले  ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एन्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । 

लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । विजेता लम्सालले ‘मिस ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । 

प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली ‘फस्ट रनरअप’ र ‘मस्त इन्टेलेक्च्युअल’ तथा सामाखुसीकी पला रेग्मी ‘सेकेन्ड रनरअप’ र ‘मस्ट चार्मिङ’ भए । पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन् । 

पराजुलीले विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण गरेकी छन् । तीनै विजेताले उपाधिका साथमा विभिन्न उपहार हात पारे । 

नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा. सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टीकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगितामा ‘स्पेसल अवार्ड नर्स विथ व प्रपोज’ मोनिका थापा मगर, ‘मस्ट फोटोजेनिक’ र ‘बेस्ट स्किन’ सदिति श्रेष्ठ, ‘मस्ट पपुलर’ र ‘पब्लिक च्वाइस’ लस्ता श्रेष्ठ, ‘मिस फिटनेस’ सलिना बादे र ‘मस्ट ट्यालेन्ट’ दिव्या बम ठकुरी बने । 





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया