logo-img

प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै उपेन्द्र पुगे सर्वोच्च

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । 

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैधता नपाउने दाबी गर्दै उनले त्यसलाई रोक्न रिटमा माग गरेका हुन् ।

यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्‍याएर दर्ता गर्ने तयारी भइरहेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । 

यादवले जसपा नेपालबाट अलग भएका सातजनाले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् । उनीहरू जसपा नेपाल र जसपा दुवैको सांसद नभएको र पार्टीविहीन भएको उपेन्द्रकाे जिकिर छ । 

यसअघि जसपा नेपाल विभाजनविरुद्धको रिटमा सर्वोच्चले नयाँ पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो ।

प्रधानमन्त्री सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया