logo-img

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताएका छन् । फरयाब प्रान्तका अर्का अधिकारीले सोही दिन दिउँसो १८ जनाको मृत्यु भएको बताए । 

‘यससँगै अफगानिस्तानमा बाढीमा परी पछिल्ला दुई दिनमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ,’ मोहम्मदीले बताए । प्रान्तको बेलचाराग, चेहलगाजी र कारघान जिल्लामा भएको प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएको छ । 

यसैबीच घोर प्रान्तमा शुक्रबार र शनिबार आएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको घोर प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले आइतबार बताए ।  





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया