logo-img

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् । 

जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।  मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिए । 

पुस्तक सार्वजनिक गर्दै उनले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गरे । ‘नेपालमा धेरै सुन्दर स्थान छन्’, उनले भने, ‘तर मलाई मुस्ताङको सौन्दर्यले बढी आकर्षित गर्यो ।’ पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ । 

बज्र बुक्सका प्रमुख  विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राखे । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य १२ हजार रुपैयाँ तोकिएको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया