logo-img

सिटी लगातार चौथोपटक प्रिमियर लिग च्याम्पियन, रच्यो इतिहास

म्यानचेस्टर सिटी लगातार चौथोपटक इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । गएराति सम्पन्न लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ को जित निकाल्दै सिटी लगातार चौथोपटक प्रिमियर कप च्याम्पियन बनेको हो । 

वेस्ट ह्यामसँगको खेलपछि ऊ आर्सनललाई २ अंकले पछि पार्दै उपाधि जित्न सफल भयो । योसँगै सिटी इंग्लिस फुटबल इतिहासमा लगातार चारपटक लिग उपाधि जित्ने पहिलो क्लब बन्यो । अन्तिम खेलमा सिटीको जितमा फिल फोडेनले दुई र रोड्रीले एक गोल गरे । वेस्ट ह्यामका लागि मोहम्मद कुडुसले एक गोल फर्काए ।  

सिटीले यसपटक ३८ खेलमा २८ जित, सात बराबरी र तीन हारसहित ९१ अंक जोड्यो । दोस्रो भएको आर्सनलले ३८ खेलमा २८ जित, पाँच बराबरी र पाँचमा हारसहित ८९ अंक बटुल्यो ।   
 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया