logo-img

कोलकाता र राजस्थानबीचको खेल वर्षाले प्रभावित, प्लेअफ समीकरण पूरा

इण्डियन प्रिमियर लिग (आइपिएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । आइतबार राति तय गरिएको राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो । 

खेल रद्द भएपछि दुवै टिमले एक–एक अंक लिएका छन् । कोलकाताले पहिला नै क्वालिफायर वान खेल्ने पक्का गरेको थियो । क्वालिफायर वान खेल्नका लागि राजस्थानलाई जित्नैपर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब उसले एलिमिनेटर खेल्नुपर्ने भएको छ । 

आइतबार लामो प्रतीक्षापछि केवल टस सम्भव भयो, जसमा कोलकाताले पहिले बलिङ रोजेको थियो । तर, लगत्तै पानी परेपछि खेल रद्द भयो । यो खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ ।

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो । तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा  १७ अंक मात्रै बनायो । 

सनराइजर्स हैदराबादको पनि त्यति नै अंक छ । तर, हैदराबादको नेट रन रेट राम्रो छ । जसका कारण हैदरावाददोस्रो स्थानमा उक्लिँदा राजस्थान रोयल्स तेस्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो ।

आइपिएलको क्वालिफायर वानमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्ने छन् । यस्तै, प्लेअफमा राजस्थान रोयल्सको भेट रोयल च्यालेन्जर्स बेंगलुरुसँग हुनेछ ।   





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया