logo-img

सुनको मूल्य १ लाख ४१ हजार नाघ्यो, चाँदीको भाउमा पनि वृद्धि

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार १ लाख ४० हजार २ सयमा कारोबार भएकामा आज १ लाख ४१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 

आज चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । आइतबार १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएकोमा आजका लागि १ हजार ९ सय ४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 
 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया