logo-img

दोषी भए गगनलाई गिरफ्तार गर, निर्दोष भए गृहमन्त्रीलाई बरखास्त गर : भीम रावल

पूर्वगृहमन्त्री एवं नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गर्न सरकारलाई आग्रह गरेका छन् । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिमा केन्द्रित रहेर रावलले यस्तो माग गरेका हुन् ।  लामिछानेले सम्बोधनमा कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने पनि रावलको माग छ । 

नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताएका छन् । 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया