logo-img

हैदराबाद भर्सेस कोलकाता : हेड टु हेडमा को अगाडि ?

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा प्लेअफ चरणको पहिलो क्वालिफायरमा आज कोलकाता नाइट राइर्डस र सनराइजर्स हैदराबाद खेल्दै छन् । यी दुई टोलीबीचको खेल राति पौने ८  बजे अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । 

आज विजयी हुने टिमले २६ मेमा फाइनल खेल्नेछ, पराजित टोलीले शुक्रबार एलिमिनेटर विजेताको सामना गर्नेछ । दुवै टोली आज जित निकालेर फाइनलको यात्रा गर्न चाहन्छन् । लिग चरणमा कोलकाताले १४ खेलमध्ये ९ मा जित, तीनमा हार तथा एक खेलमा अंक बाँडेको थियो । 

यस्तै, दोस्रो भएको हैदराबादले १४ मध्ये आठमा जित, पाँचमा हार तथा एक खेलमा अंक बाँड्यो । हालसम्म कोलकाता १३ पटक आइपिएलको प्लेअफमा पुगेको छ, जसमा उसले आठपटक जित्दा पाँचपटक हार बेहोरेको छ । यद्यपि, कोलकाताले क्वालिफायर–१ मा भने हालसम्म हारको सामना गरेको छैन । ऊ दुई पटकको विजेता टिम हो । 

कोलकाताले सन् २०१२ र २०१४ को आइपिएल ट्रफी जितेको थियो । हैदराबाद सन् २०१६ को आइपिएल च्याम्पियन हो ।



हालसम्म यी दुई टिमले २६ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा कोलकाताले १७ तथा हैदराबादले ९ खेलमा जित निकालेको विगत छ ।  



  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया