logo-img

कोपा अमेरिका खेल्न मेस्सीको कप्तानीमा अर्जेन्टिनाको प्रारम्भिक टिम घोषणा
फाइल तस्बिर

कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । उसले यही टोलीबाट अन्तिम २६ सदस्य चयन गर्नेछ ।

लिओनल मेस्सीको कप्तानीमा कोपा खेल्न लागेको टोलीमा पाउलो डिबालाले भने मौका पाएनन् । आसन्न संस्करणको कोपा अमेरिका २० जुनदेखि १४ जुलाईसम्म संयुक्त राज्य अमेरिकामा हुँदै छ ।

अर्जेन्टिनाको समूहमा क्यानडा, चिली र पेरु रहेका छन् । ​कोपाको प्रतियोगिताअघि अर्जेन्टिनाले ९ जुन र १४ मा इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

अर्जेन्टिनाको प्रारम्भिक टोली : 

गोलकिपर : फ्रान्को अरमानी, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज

डिफेन्डर : गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लियोनार्डो बलार्डी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लुकास मार्टिनेज, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस टाग्लियाफिको, भ्यालेन्टीन बारको



मिडफिल्डर : गुइडो रोड्रिग्वेज, लिआन्ड्रो परेडिस, एलेक्सिस म्याकअलिस्टर, रोड्रिगो डे पल, एक्क्विएल पलासिओस, एन्जो फर्नान्डेज, जियोवानी लो सेल्सो

फरवार्ड : एन्जल डि मारिया, भ्यालेन्टीन कार्बोनी, लिओनल मेस्सी, एन्जल कोरिया, एलेजान्ड्रो गार्नाचो, निकोलस गोन्जालेज, लाउटारो मार्टिनेज र जुलियन अल्भारेज ।  



  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया