logo-img

महाधिवेशन प्रतिनिधि छान्न जसपा नेपालले बनायो निर्वाचन समिति
फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा तीन सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले कोशी प्रदेश निर्वाचन समितिको संयोजकमा राजकुमार राजवंशी, मधेस प्रदेशमा सन्तोष साह बागमती प्रदेशमा विमल विश्वकर्मा र गण्डकी प्रदेशमा कमल थापालाई प्रदेश निर्वाचन समितिको संयोजक तोकेको छ । 

त्यस्तै, लुम्बिनी प्रदेश निर्वाचन समितिको संयोजक सुधाकर मिश्रा, कर्णालीमा फत्ते सोती र सुदूरपश्चिम प्रदेश निर्वाचन समितिको संयोजकमा दानसिंह जोशी चयन भएका छन् ।

केन्द्रीय निर्वाचन समितिले हरेक जिल्लामा निर्वाचन अधिकृत समेत खटाएको छ । पार्टीको महाधिवेशनको कार्यतालिकाअनुसार जेठ १० गतेसम्म प्रतिनिधि निर्वाचन गरी सक्नुपर्ने छ ।
 
 





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया