logo-img

‘शिरफूल’ को रिलिज मिति तय

निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी ७ असारबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई विम्बको रूपमा बुझाउन खोजिएको छ ।

‘शिरफूल आदिवासी जनजाति महिलाले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो’, निर्देशक मगरले भने, ‘फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गरिएको छ ।

फिल्ममा रूपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, नीता पुन, किरण मगरलगायतको अभिनय रहेको छ ।

राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ ।

फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । फिल्मका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन् । फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ । 

फिल्म आरआर फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ । निर्देशक कमलको निर्देशनमा यसअघि फिल्म ‘डेसान’ प्रदर्शनमा आइसकेको छ । 





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया