logo-img

तोलामा १२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार २ सयले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन सोमबार तोलामा १ लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि १ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य १ हजार ८ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 
 





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया