logo-img

पर्सि ‘पुजार सार्की’ रिलिज हुँदै, पलमाथि प्रहरीको धरपकड !

फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदै छ । फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेका दुई तस्बिर सार्वजनिक गरेका छन् । यी तस्बिर वास्तविक नभई फिल्मका दृश्य हुन् ।

उनले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ । तस्बिरमा उनलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको देखिन्छ । उनले आफूलाई फिल्मको मेघराज खत्री पात्रका रुपमा चिनाएका छन् । 

‘चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ । मेरो करिअरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडि पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायांकनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन,’ उनले लेखेका छन् ।

पलले अगाडि लेखेका छन्, ‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईंले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’
दिनेश राउत निर्देशित फिल्ममा पलसँगै प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय छ ।





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया