logo-img

प्रचण्ड आफूसँग गाडी छैन, नारायणकाजीलाई उपहार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा आफूसँग कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणमा उनले चितवनमा १५ कठ्ठा जग्गा र घरका साथै बैंकमा २५ लाख मौज्दात देखाएका छन् ।  

प्रधानमन्त्रीले आफूसँग सवारीसाधन नरहेको बताए पनि उनकै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने आफ्नो सम्पत्ति विवरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि देखाएका छन् । 

उनले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाएका छन् । 

प्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरणमा कुनै सवारीसाधन नदेखाउने, तर उनकै पार्टीका मन्त्रीले भने प्रधानमन्त्रीबाट प्राप्त भनेर सवारीसाधन देखाउनु विरोधाभासपूर्ण देखिएको छ । 



 



  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया