logo-img

शेखरको टिप्पणी : आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने, सिरोहियामाथि प्रतिशोध साँध्ने ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् । 

धनुषा अदालतले मंगलबार नै सिरोहियाको नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो ।

सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका हुन् । मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेको थियो । 

गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै कोइरालाले लेखेका छन्, ‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरूद्ध छानबिन हुन नदिने, तर, तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’

साथै उनले प्रहरीले सही र गलत छुट्टाउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् । 





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया