logo-img

सिरोहियाको पक्राउ बदनियतपूर्ण प्रतिशोध : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र भएको बताएका छन् । 

राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास उनको दाबी छ । 

प्रहरीले सिरोहियालाई मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै पक्राउ गरेको थियो । पक्राउ पर्नुअघि कांग्रेसका विभिन्न नेताले सिरोहियालाई भेटेका थिए । 

थापाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन । गल्ती गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ । म यसमा पनि प्रस्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरैपटक भएका हुन्– हेक्का रहोस् ।’

सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै मंगलबार धनुषा प्रहरीले उनीमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया