logo-img

‘देवदास’मा ऐश्वर्यालाई १५ मिटर लामो साडी

बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रुपमा चिनिन्छन् । उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ । यसअघि उनले कैयौं फिल्म बनाइसकेका छन् । यसमा ‘देवदास’ पनि पर्छ । भन्सालीको यो ब्लकबस्ट फिल्ममा शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षितको अभिनय थियो ।

हालैमात्र यसको क्लाइमेक्स दृश्यलाई लिएर डिजाइनर नीता लुल्लाले युट्युब च्यानल वाइपिङ आउट द नर्मसँग कुराकानी गरेका थिए । उनका अनुसार भन्सालीले ‘देवदास’को क्लाइमेक्स दृश्यका लागि अन्तिम समयमा ऐश्वर्याको आउटफिट परिवर्तन गरेका थिए । उनले डिजाइनरलाई ऐश्वर्याका लागि १५ मिटर लामो सिल्क साडीको व्यवस्था गर्न भनेका थिए ।

‘उनले मलाई भने, ‘मैले उनको (ऐश्वर्या)को कल्पना सिढीबाट तल भाग्दै गरेको दृश्यको गरेको छु । उसको साडीको भाग जलिरहेको छ । मलाई यसका लागि एक १५ मिटर लामो सिल्क साडी चाहिन्छ । मलाई यस्ता दुई साडी चाहिन्छ, ताकि एउटा जल्यो भने पनि अर्को हामीसँग हुन्छ’, भन्सालीले आफूलाई भनेको कुरा नीताले सम्झिएकी छन् ।

सञ्जयको कुरा सुनेपछि नीता साडीको खोजीमा निस्केकी थिइन् । ‘यो सबै गोरेगाउँ स्टुडियोमा भएको थियो । हामीसँग त्यो बेला मोबाइल थिएन, मात्र पेजर थियो । मेरो अगाडि उनले ऐश्वर्या र किरण खेरलाई फोन गरेर ‘के तिमीहरुसँग दुई पूजावाला साडी छ ?’ भनेर सोधे । मैले उनलाई ‘के म जाउँ ?’ भनेर सोधिरहें । त्यो बेलासम्म कोहीसँग साडी छैन भन्ने थाहा भइसकेको थियो । त्यो बेला १०:३० बजिसकेको थियो । त्यसपछि सञ्जयले मलाई ‘के हामी अर्को दिन सुट गर्न सक्छौं ?’ भनेर सोधें । मैले ‘हुन्छ’ भनेपछि उनी बाहिर निस्किए’, नीताले भनेकी छन् ।

नीताका अनुसार निकै आग्रह गरेपछि एक पसलेले आधा रातमा दोकान खोलेका थिए । त्यसपछि उनले साडीको सामाग्री छाने । ‘ऊ राती १२ देखि १२:२० सम्म दोकान खोल्न आएको थियो । मैले कपडा पाएँ र मैले यो विषयमा पहिले नै आफ्नो टिमसँग कुराकानी गरिसकेकी थिएँ । उनले तुरुन्तै साडीको बोर्डर काट्ने काम थाले । हामीले बिहान ६ बजे साडीको काम पुरा गर्यौं । म ९:३० मा सेटमा पुगें र हामीले सुटिङ सुरु गर्यौ’, उनले सम्झिएकी छन् ।  





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया