logo-img

भारतमा बंगलादेशी सांसद बेपत्ता

गत हप्तादेखि भारतबाट बेपत्ता भएका बंगलादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।

बेपत्ता सांसद अनवारुल आजिम १२ मेमा भारत प्रवेश गरी १३ मेको मध्यान्नतिर साथीसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

कोलकाताको बिधाननगरमा बस्दै आएका उनीनिकट स्रोतका अनुसार अनवारुलले दिल्ली जाने बताउनुभएको थियो । तर, १३ मेदेखि हालसम्म उनीसँग सम्पर्क भएको छैन । ढाकामा उनको परिवारलाई बिधाननगरका साथीले अनवारुल दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ । 

सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ । 

सांसद अजिमको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छोरीले बुबासँग कुराकानी गर्न सबै परिचितलाई फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।’

दिल्लीका उच्चायुक्त र कोलकातास्थित बङ्गलादेशी वाणिज्य दूतावासले खोजीका लागि समन्वय गरेपछि भारतीय अधिकारीले अनुसन्धान सुरु गरेका छन् । सांसदको परिवार र साथीले भारत भ्रमण मुख्यतया चिकित्सा उद्देश्यका लागि भएको बताएका छन् ।  





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया