logo-img

सिरोहिया पक्राउपछि भीम रावल भन्छन्- ‘कानुनी राज्यको उपहास’

नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति आपत्ति जनाएका छन् ।

उनले गृहमन्त्री रवि लामिछानेले दुईवटा नागरिकता र राहदानी बोक्दा कारबाही नहुने सिरोहियाको नागरिकता विवरण फरक हुँदा उनलाई पक्राउ गर्नुलाई कानुनी राज्यको उपहास भएको भन्दै आपत्ति जनाएका हुन् । 

‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने । तर, कैलाश सिरोहियालाई दुईवटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ! के मन्त्री र अरूका लागि फरक–फरक कानुन छ ? कानुनी राज्यको उपहास’, रावलले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि प्रहरीले सिरोहियालाई बुधबार थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । 

उनलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले यही ८ जेठमा अनुमति दिएको थियो । सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो । 

सो उजुरीमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया