logo-img

सन्दीपले विश्वकप खेल्ने अन्योल, अमेरिकाले दिएन भिसा

नेपाली क्रिकेट टिमका प्रमुख लेगस्पिनर सन्दीप लामिछानेले आसन्न आइसिसी टी–२० विश्वकप खेल्ने अन्योल भएको छ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिका जानका लागि भिसा दिन अस्वीकार गरेपछि सन्दीपले विश्वकप खेल्ने अन्योल बढेको हो ।  

उनले आउँदो २ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन अमेरिकाको भिसा एप्लाई गरेका थिए । तर, अमेरिकी दूतावासले आफ्नो भिसा प्रक्रिया अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।  

सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि भने दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायत प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।

आसन्न विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । त्यसपछि नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँगको सामना गर्नेछ ।

त्यसअघि नेपालले २७ र ३० मेमा क्रमशः क्यानडा र अमेरिकासँग वार्मअप म्याच खेल्नेछ । 





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया