logo-img

आइपिएल एलिमिनेटरमा आरसिबीले आरआरलाई दियो १७३ रनको लक्ष्य

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले राजस्थान रोयल्स (आरआर) लाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

अहदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो । 

उसका लागि रजत पाटिदारले ३४, विराट कोहलीले ३३, महिपाल लोमरले ३२, क्यामरन ग्रीनले २७, कप्तान फाफ डुप्लेसिसले १७ र दिनेश कार्तिकले ११ रन बनाए ।

राजस्थानका लागि आवेश खानले तीन, रविचन्द्रन आश्विनले दुई तथा युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक/एक विकेट लिए । आज जित्ने टिमले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

पराजित टिम आइपिएलबाट बाहिरिनेछ । 





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया