logo-img

युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टालाई

युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक गर्न सफल भए । खेलको १२औं मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । 

उनले डेभिड जापाकोस्टाको सहयोगमा गोल गर्दै सुरुआती अग्रता दिलाए । २६औं मिनेटमा लोकमनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एटलान्टा पहिलो हाफमा २–० को सहज अवस्थामा पुगेको थियो ।

यस्तै, खेलको ७६औं मिनेटमा लोकमनले ह्याट्रिक पूरा गरेपछि एटलान्टा च्याम्प्यिन बन्नका लागि औपचारिकता मात्रै बाँकी रहेको थियो । त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो ।

 लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो । 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया