logo-img

कांग्रेस नेता कोइरालाको आरोप- सरकार अधिनायकवादतर्फ उन्मुख छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिँदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए । 

नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन् । उनले सहकारी ठगी प्रकरण मात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितलगायतले सम्बोधन गरेका थिए ।





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया