logo-img

एसिया कपका लागि नेपालको प्रारम्भिक टिम घोषणा, क-कसले पाए मौका ?

नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार २८ खेलाडी सहभागी प्रारम्भिक टोली घोषणा गरेको छ । प्रारम्भिक टोलीमा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र उनीहरूलाई क्लोज क्याम्पबाट छनोट पश्चात् अन्तिम टोलीमा पुर्‍याइने क्यानले जनाएको छ ।

क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ (विकेट किपर) पूजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेट किपर) रहेका छन् ।

यस्तै, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ २८ सदस्यीय टोलीमा सामेल छन् ।

महिला एसिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा रहेको छ । 

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसिसीले यसअघि सार्वजनिक गरिसकेको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया