logo-img

सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउनका लागि युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानीपश्चात् खेलकुद मन्त्रालयले सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्दै पत्र पठाएको छ ।  

मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेका र सबै किसिमको सहयोगलाई जारी राख्ने बताए ।

अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ । बुधबार सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । 

भिसा एप्लाई स्वीकृत नहुँदा सन्दीपले विश्वकप खेल्ने–नखेल्ने अन्योल बढेको छ । आसन्न टी–२० विश्वकप आउँदो २ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुँदैछ । 
 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया