logo-img

विश्वकपको मुखैमा क्यानडाका मुख्यप्रशिक्षक पुबुदु दासानायके बर्खास्त

क्यानडा क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके बर्खास्तमा परेका छन् । क्यानडा क्रिकेट बोर्डका नयाँ उपाध्यक्ष गुरदीप क्लेयरले उनलाई बर्खास्त गरेका क्रिकबजले जनाएको छ ।  

क्रिकबजका अनुसार खेलाडी दासानायकेप्रति असन्तुष्ट रहेको एक पत्र बोर्डमा पुगेको छ । सोही कारण पनि उनी बर्खास्तमा परेका हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०२२ जुलाईमा दासानायके दोस्रो कार्यकालका लागि क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । दोस्रो कार्यकालमा उनले क्यानडालाई टी–२० विश्वकपको लागि छनोट गराए । साथै, दासानायकेको प्रशिक्षणमा क्यानडाले पुनः एकदिवसीय मान्यता  प्राप्त गर्न सफल भयो ।

यस्तै, उनको प्रशिक्षणमा क्यानडाले जारी संस्करणको विश्वकप लिग–२ अन्तर्गत आफ्नो पहिलो सिरिजमै लगातार चार खेल जितेको छ, त्यसका बाबजुद दासानायकेलाई क्यानडाले प्रशिक्षकबाट बर्खास्त गरेको छ । 

क्यानडाले आसन्न विश्वकपअघि नेपालसँग वार्मअप म्याच खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल २७ मेमा अमेरिकामा हुनेछ । यस्तै, क्यानडाले विश्वकपमा २ जुनमा अमेरिका, ७ जुनमा आयरल्याण्ड, ११ जुनमा पाकिस्तान र १५ जुनमा भारतसँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया