logo-img

राजदूत नियुक्तिमा थप व्यवस्था गछौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हित गर्ने नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको बताएका छन् ।

बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको परराष्ट्र नीतिको दूरदृष्टि रहेको बताएका हुन् ।

‘नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता साथ हेर्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टि तथा स्वतन्त्रता सन्तुलित राख्दै परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हितको निम्ति नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको छ,’ उनले भने ।  

मन्त्री श्रेष्ठले परराष्ट्र सेवामा नेपालले गरेको लगानीको यथोचित प्रतिफल लिन तथा व्यावसायिकताको कदर गर्न राजदूत नियुक्तिमा परराष्ट्र सेवाबाट अधिकतम संख्या रहने गरी थप व्यवस्था गर्दै लैजाने प्रतिवद्धता जनाए । 

राष्ट्रहितको प्रवर्द्धन, दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका असर न्यूनीकरण, महामारी, आतंकवाद तथा साइबर अपराध नियन्त्रण, सुरक्षित आप्रवासन, र अधिकार प्राप्ति परराष्ट्र मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया