logo-img

उपेन्द्र यादव जसपाको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । बिहीबार गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट उनी सर्वसम्मतरूपमा प्रतिनिधि चयन भएका हुन् ।

अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पङ्क्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरे । सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेशप्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, बिनिता सिंहलगायत नेताहरूसमेत महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भए । 

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरमा हुँदैछ । अहिले देशैभरिबाट महाधिवेशनका लागि प्रतिनिधि चयन भइरहेका जनाइएको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया