logo-img

इमरान खानको पार्टी सचिवालयमा चल्यो डोजर

पाकिस्तानमा इमरान खानको तहरीक–ए–इन्साफ (पिटिआई)को कार्यालयमा डोजर चलाइएको छ । राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पिटिआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ । 

सिडिएको अतिक्रमण विरोधी टोलीले विहीवारदेखि अवैध निर्माण तथा अतिक्रमण हटाउन अभियान चलाएको थियो । उक्त टोलीले जिल्ला प्रशासनसँग मिलेर पिटीआईको मुख्यालयलाई सिल गरेको थियो ।

पार्टी कार्यालयमा सरकारी संयन्त्रबाटै क्षति पुगेपछि इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले वर्तमान सरकारको आलोचना गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती भने जेलमा छन् । पिटिआईका अध्यक्ष ब्यारिस्टर गौहर अलीले सीडीएसँग भवनमा डोजर चलाउने कुनै अनुमति नै नभएको बताउँदै पूर्व सूचना विना काम गरेको आरोप लगाए ।

पिटिआई अध्यक्षले परिसरमा कुनै अवैध निर्माण नभएको दाबी गरे । पिटिआईका महासचिव र राष्ट्रिय सभामा विपक्षी दलका नेता उमर अयुबले आन्तरिक मन्त्री मोहसिन नक्वीलाई पार्टी कार्यालय भवनमा डोजर लगाएर गैरकानूनी काम गरेको बताए । 





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया