logo-img

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक

इरानको सशस्त्र बलका जनरल स्टाफले बिहीबार इरानी राष्ट्रपति इब्राहिम रायसी र उनको टोलीका सदस्यहरू मृत्यु भएको हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक गरेको छ ।
        
दुर्घटनापछि विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक वरिष्ठ छानबिन समिति सोमबार बिहान घटनास्थलमा आइपुगेको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले इरानको सशस्त्र बलका जनरल स्टाफको रिपोर्टलाई उद्धृत गर्दै बताएको छ ।
     
प्रतिवेदनअनुसार हेलिकप्टर बाटोभरि पूर्वनिर्धारित मार्गमा रहेको र उडान मार्गबाट विचलित भएको थिएन । उक्त घटना हुनुभन्दा करिब डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अन्य दुई हेलिकप्टरसँग सम्पर्क गरेका थिए ।
        
दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला नपरेको र हेलिकप्टर पहाडमा खसेपछि आगो लागेको बताइएको छ । क्षेत्रको जटिलता, कुहिरो र कम तापक्रमको कारण खोजी र उद्धार कार्य राति हुँदासम्म र त्यसपछि पनि रातभर जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
    
प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै संदिग्ध मुद्दा फेला नपरेको र थप अनुसन्धानपछि थप विवरण आउने बताइएको छ । थप अनुसन्धानपछि थप विवरण प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ । 
    
रायसी र उनको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतबार पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको थियो । हेलिकप्टरमा विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि मोहम्मद अली अले–हाशेम पनि सवार थिए । 
           
रायसीलाई बिहीबार उनको गृहनगर मशहदको इमाम रेजाको पवित्र मन्दिरमा अन्त्येष्टि गरिएको थियो ।  





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया