logo-img

योजना माग्न प्रदेश राजधानी धाइरहनु पर्दैन : मुख्यमन्त्री कँडेल
फाइल फाेटाे

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले योजना माग्न प्रदेश राजधानी धाइरहनुपर्ने अवस्था अन्त्य गर्न ध्यान केन्द्रित गरेको बताएका छन् । 

प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा आज आफ्ना धारणा राख्दै उनले विगतका अभ्यास चिर्न प्रदेश सरकारले पहल गरिरहेको र त्यसमा सबैको साथ आवश्यक रहेको बताए । प्रदेश सरकारका अधिकार कार्यान्वयन नहुँदा प्रदेश सरकारले भनेअनुसार गति लिन नसकेको भन्दै उनले संरचनामा सङ्घीयता तर मानसिकतामा केन्द्रीयता कायम रहेकाले समस्या भइरहेको धारणा बताए । 

उनले जनताको भावना र जनप्रतिनिधिको सुझावअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन आफूले जोड दिइरहेको बताए । 

मुख्यमन्त्री कँडेलले भने, ‘विगतमा प्रदेश तथा स्थानीय तहले गरेका कामबारे म धेरै कुरा भन्न चाहन्न । यसपटकको बजेट बनाउँदा खल्तीमा निवेदन बोकेर प्रदेश राजधानी आउने अवस्था अन्त्य गर्न तपाईँ हामी सबैले सकारात्मक काम गर्नुपर्छ । प्राथमिकता र आवश्यकताका आधारमा बजेट विनियोजनको थिति बसाउन म सबैको सहयोगको अपेक्षा गर्दछु ।’  





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया