logo-img

इरानी रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीसहित नौ वटा संस्थामाथि इयुको प्रतिबन्ध

युरोपियन युनियन इयुमा आबद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत नौ वटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग गरिरहेको छ ।

युरोपेली संघमा आबद्ध देशका राजदूतहरूबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार इयुका विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ । इरानका मानवरहित हवाई सवारी (युएभी) उत्पादन गर्ने नौ वटा संस्थाहरूलाई प्रतिबन्ध गलाउने विषयमा सम्झौतामा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

योसँगै इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ । उनको यात्रामा प्रतिबन्ध, व्यक्ति र संस्थाको सम्पत्ति जफत गर्ने र सूचीबद्ध व्यक्ति तथा संस्थाहरूलाई आर्थिक स्रोत उपलब्ध गराउनेहरूलाई पनि प्रतिबन्धमा समावेश गर्ने जनाइएको छ ।
 





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया